बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
प्रदेश कोसी प्रदेश

मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग २४ घण्टे स्पष्टीकरण माग

स्पष्टीकरण सन्तोषजनक नदेखिए कानुनबमोजिम विभागीय कारबाहीको प्रक्रिया अघि बढाइने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ साउन, २०८३ मा प्रकाशित
मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग २४ घण्टे स्पष्टीकरण माग
काठमाडौं, साउन १९ :

कोसी प्रदेश प्रहरी कार्यालयले व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतलासी गरिएको सम्बन्धमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । कार्यालयले सो समयभित्र सम्बन्धित प्रमाण, अभिलेख र कागजातसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

विराटनगर महानगरपालिका–७, गोश्वारा रोडस्थित मुन्दडाको घरमा यही साउन १८ गते ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनाका सम्बन्धमा प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरी परिचालनको वैधता, निर्णय प्रक्रिया र कार्यसम्पादनका विषयमा गम्भीर कानुनी तथा कार्यविधिगत प्रश्न उठेको जनाएको छ ।

कार्यालयले प्रहरी सङ्गठनको कार्यसम्पादन कानुनी शासन, आवश्यकताको सिद्धान्त, समानुपातिकताको सिद्धान्त, जवाफदेहिता तथा प्रचलित कानुन र प्रहरी नियमावलीअनुसार भएको सुनिश्चित हुनुपर्ने उल्लेख गरेको छ ।

स्पष्टीकरण पत्रमा प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालन कुन सूचना वा गोप्य सूचनाको आधारमा गरिएको थियो ? सूचनाको विश्वसनीयता कसरी परीक्षण गरिएको थियो ? ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्नुको औचित्य के थियो ? परिचालन आदेश कुन अभिलेखका आधारमा जारी गरिएको थियो ? खानतलासीका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो वा थिएन ? बरामद भएको वस्तु वा प्रमाण के थिए ? अपराधसम्बन्धी प्रमाण नपाइए पनि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्नुको आवश्यकता र औचित्य के थियो ? उक्त घटनाले उद्योगी–व्यापारी र सर्वसाधारणमा परेको प्रभावबारे धारणा मागेको छ ।

एसपी कटवालसँग प्रहरी म्यानुअल, आन्तरिक कार्यविधि तथा व्यावसायिक आचारसंहिताको पालना भएको पुष्टि गर्ने आधार, आफ्नो भूमिका र जिम्मेवारीको सीमा पनि स्पष्ट रूपमा खुलाउन स्पष्टीकरणमा भनिएको छ । तोकिएको अवधिमा चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए वा सन्तोषजनक नदेखिए प्रहरी ऐन, प्रहरी नियमावली तथा अन्य प्रचलित कानुनबमोजिम विभागीय कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार