काठमाडौं, साउन २० :

पाकिस्तानको ब्रड पिक आरोहण गर्ने क्रममा हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोही निर्मल पुर्जा(निम्स दाइ) सहित ४ आरोहीको बेस क्याम्पमा ल्याइएको छ ।

पाकिस्तानमा रहेका प्रतिनिधिसभा सदस्य तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड)ले फेसबुकमार्फत निम्स दाइसहित  झोङ वाङ, निमा शेर्पा र किली पेम्बा शेर्पा(किलु)को शव ब्रड पिकबाट बेसक्याम्पमा ल्याइएको जानकारी दिएका छन् ।

मिङ्‍माले फेसबुकमार्फत  कठिन उद्धारका लागि पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्च आयोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा सहयोग र समन्वय गर्ने सबैप्रति पनि हामी हार्दिक आभार व्यक्त गर्दछौं ।' 

गत शुक्रबार पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० मृत्यु भएको थियो । तीन आरोहीको अझै शव भेटिएको छैन ।