बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार स्वास्थ्य

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

विगत १८ महिनादेखि नेरेसो काठमाडौँ शाखाले मौखिक माग र सहमतिमा भक्तानी गर्दै आएको थियो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ साउन, २०८३ मा प्रकाशित
बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने
काठमाडौं, साउन २१ :

बेवारिसे बिरामीका लागि आवश्यकपर्ने रगत एवं रगतजन्य पदार्थको आवश्यक शुल्क नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले व्यहोर्ने भएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार ट्रमा सेन्टरका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनी, नेरेसो काठमाडौं जिल्ला शाखाको तर्फबाट सभापति श्यामकाजी डोटेल र केन्द्रीय रक्तसञ्चार सेवाका तर्फबाट निर्देशक पवनकुमार गुप्ताले सो विषयमा हस्ताक्षर गरेका छन् ।  

विगत १८ महिनादेखि मौखिक माग र सहमतिमा नेरेसो काठमाडौँ जिल्लाशाखाले त्यस्तो रगतको भुक्तानी केन्द्रीय रक्तसञ्चार सेवालाई उपलब्ध गराउँदै आएकामा चालु आर्थिक वर्ष २०८३/८४ देखि संस्थागत गर्न यो सम्झौता भएको हो । लालविक्रम थापाको उपस्थितिमा सम्पन्न उक्त सम्झौताको अवधि  विसं २०८४ असार मसान्तसम्म कायम रहनेछ ।

सम्झौतामा नेरेसो काठमाडौँ जिल्ला शाखाका मन्त्री वृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर, केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक प्रकाशकुमार यादव, जनसम्पर्क अधिकृत सन्देश थापा, ट्रमा सेन्टर सामाजिक सेवा विभाग प्रमुख इन्दिरा पाण्डेलगायत ट्रमा सेन्टरका विभिन्न विभागीय प्रमुखको उपस्थिति थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार