बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

रमेश प्रसाईं सोध्छन् - देशभर ग्यास अभाव हुँदा प्रधानमन्त्री र मन्त्रीका क्वार्टरमा छ कि छैन?

जनता दिनरात लाइन बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ साउन, २०८३ मा प्रकाशित
रमेश प्रसाईं सोध्छन् - देशभर ग्यास अभाव हुँदा प्रधानमन्त्री र मन्त्रीका क्वार्टरमा छ कि छैन?
काठमाडौं, साउन २२ :

रास्वपा सांसद रमेश प्रसाईंले देशभर ग्यासको अभाव भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै जनताको पक्षमा काम नगर्न नसकेको भन्दै आफ्नै सरकारको आलोचना गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा  सांसद प्रसाईंले सरकारको कामले आफू लज्जित भएको जनाउँदै जनतालाई भएको ग्यासको अभाव प्रधानमन्त्री र मन्त्रीको क्वारमा छ कि छैन भनेर प्रश्न गरे ।

उनले भने, ‘चुनाव ताका आफैँले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ।’

सरकारले भने जस्तै ग्यास ह्वापह्वार्ती आएर पनि कालोबजारी भएको हो भने, ती कालोबजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन दुई तिहाइको सरकारलाई  केले रोकेको छ ? भनी प्रसाईंले प्रश्न गरे । जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्डसम नयाँ अनुहार खोजेको होइन। नयाँ चरित्र खोजेको हो जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार