बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा सांस्कृतिक झाँकीसहितको र्‍याली [तस्वीरसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ साउन, २०८३ मा प्रकाशित
विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा सांस्कृतिक झाँकीसहितको र्‍याली [तस्वीरसहित]
काठमाडौं, साउन २४ :

३२ औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्यसहितको र्‍याली निकालिएको छ। 

र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताललगायत क्षेत्र हुँदै खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत भएको हो। र्‍यालीमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी तथा प्रस्तुति देखाइएको थियो। 


समारोहमा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट हजारौँ आदिवासी जनजाति प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूहको सहभागिता रहेको छ। कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोग, नागरिक समाज, मानवअधिकारकर्मी, शिक्षाविद्, कलाकार तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको छ।

विश्व आदिवासी दिवसले आदिवासी समुदायको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतसँगको सम्बन्ध तथा अधिकारका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उठाउने अवसर प्रदान गर्ने महासंघले जनाएको छ।  संविधानमा सुनिश्चित गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन, समानुपातिक समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार र सांस्कृतिक सम्पदाको संरक्षण अझै महत्वपूर्ण विषय रहेको महासंघको भनाइ छ। 

विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार