बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार स्वास्थ्य

डिम्ब किनबेच प्रकरणमा डा. नुतन शर्मासँग बयान , हाजिर जमानीमा छाडियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ साउन, २०८३ मा प्रकाशित
डिम्ब किनबेच प्रकरणमा डा. नुतन शर्मासँग बयान , हाजिर जमानीमा छाडियो
ललितपुर, साउन २४ :

नाबालिकाको डिम्ब किनबेच प्रकरणमा डा. नुतन शर्मासँग सरकारी वकिलको कार्यालय, ललितपुरले बयान लिएको छ। बिएन्डबी अस्पतालस्थित आइभीएफ क्लिनिकबाट १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनामा संलग्न रहेको आरोपमा डा. शर्मासँग बयान लिइएको हो।

फिलिपिन्सबाट फर्किएलगत्तै निवेदन दिएर डा. शर्मा बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित भएकी थिइन्। स्रोतका अनुसार उनले बयानका क्रममा आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेकी छन्।

डा. शर्माले नै १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर आइभीएफ क्लिनिकमा पुर्‍याई डिम्ब निकाल्न लगाएको आरोप छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले डा. शर्मासँग पनि बयान लिएको हो।

सरकारी वकिलको कार्यालयले बिहीबार बयान लिएपछि डा. शर्मालाई हाजिर जमानीमा छाडेको छ। यस प्रकरणमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएर मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा घटनामा संलग्न अन्य व्यक्तिको भूमिकासमेतबारे प्रहरीले छानबिन गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार