
काठमाडौं, साउन २६ :
पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी मृत्यु भएका तीन आरोहीको शव नेपाल ल्याइएको छ । मंगलबार कतार एयरवेजको उडानबाट किली पेम्वा शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार काठमाडौं ल्याइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणपछि शव यात्रा सहित तीन आरोहीको पार्थिव शरीरलाई नेपाल पर्वतारोहण संघको कार्यालयमा लगिएको छ । हिमपहिरोमा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव साउन २१ नै नेपाल ल्याइएको थियो ।
अर्का आरोही निर्मल पुर्जा (निम्स दाइ) को शव बेलायत लगिने भएको छ भने नवाङ थिन्दु शेर्पाको शव ल्याउन बाँकी छ।