बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

अनुभवहीन युवाहरूबाट राजनीति सम्भव छैन भन्ने नकारात्मक भाष्य बन्न दिनुहुँदैन : लामिछाने

परिणाम दिन नसके अर्को ‘भदौ २३’ आउन सक्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ साउन, २०८३ मा प्रकाशित
अनुभवहीन युवाहरूबाट राजनीति सम्भव छैन भन्ने नकारात्मक भाष्य बन्न दिनुहुँदैन : लामिछाने
काठमाडौं, साउन २७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम भइरहेको बताए ।

उनले संसदमा युवाहरूको उल्लेख्य उपस्थिति र ३५–३६ वर्षको उमेरमै युवा प्रधानमन्त्री हुनु नेपालका लागि ठूलो ऐतिहासिक उपलब्धि भएको धारणा राखे । रास्वपा ‘विकल्प खोज्ने’ नभई आफैँ ‘विकल्प बन्ने’ र ‘निर्विकल्प शक्ति’ बन्ने उद्देश्यका साथ अघि बढेको उनको भनाइ छ ।

त्यस्तै उनले युवा सांसद र मन्त्रीहरूका लागि पदमा रमाउने समय नभई नतिजा र परिणाममुखी भएर काम गर्ने समय रहेको उल्लेख गरे । युवा नेतृत्वले सफलता हासिल गर्न नसके वा जिम्मेवारीबाट पन्छिए  भविष्यमा ‘अनुभवहीन युवाहरूबाट राजनीति सम्भव छैन’ भन्ने नकारात्मक भाष्य बन्न सक्ने भएकाले गम्भीर बन्न उनले आग्रह गरे । 

सभापति लामिछानेले रास्वपाले परिणाम दिन नसके अर्को भदौ २३ आउन सक्नेतर्फ संकेत गरे। उनले जनताले दिएको जिम्मेवारी पूरा नगरे युवाहरूबाट राजनीति सम्भव नहुने रहेछ भन्ने भाष्य सिर्जना हुने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार