
काठमाडौं, साउन २८ :
नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने बताएका छन् ।
बिहीबार शेरबहादुर देउवालाई स्वागत गर्न विमानस्थल पुगेका डा. महतले सञ्चारकर्मीसँग कुरा गर्दै देउवाकै नेतृत्वमा पार्टीभित्र बृहत्तर एकता हुने बताएका हुन् ।
उनले देउवालाई स्वागत गर्न देशभरिबाट पार्टीका शुभचिन्तक तथा समर्थकहरू स्वतःस्फूर्त रूपमा विमानस्थल आएको उल्लेख गरे । अहिले अहिले नआएका नेताहरू पनि केहिदिनभित्र आउने उनले बताए। देउवालाई स्वागत गर्न डा शशांक कोइराला, बिमलेन्द्र निधि लगाएत कांग्रेस संस्थापनइतर समूहका नेताहरु विमानस्थल पुगेका थिए ।