बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित #सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित
समाचार प्रदेश मधेस प्रदेश

बालिकाको बलात्कारपछि ह*त्या गरेको विरोधमा स्थानीयवासीद्वारा सिमरा प्रहरी कार्यालय घेराउ

प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको आरोप
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ भदौ, २०८३ मा प्रकाशित
बालिकाको बलात्कारपछि ह*त्या गरेको विरोधमा स्थानीयवासीद्वारा सिमरा प्रहरी कार्यालय घेराउ
काठमाडौं, भदौ ४ :

तीन वर्षिया बालिकाको बलात्कारपछि ह*त्या गरिएको विरोधमा आक्रोशित स्थानीयबासीले सिमरा प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै उनीहरुले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी दिलिप क्षेत्रीलाई समेत कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन जारी राखेका हुन् । 

बालिका गरिमा चौधरीको खोजीमा इलाका प्रहरी कार्यालयले गम्भीर लापरबाही गरेको स्थानीयको आरोप छ । विरोध प्रदर्शनका कारण सिमरा–डुमरवाना खण्ड, पिलुवा–वडहर्वा खण्ड, सिमरा–जीतपुर तथा पथलैया–सिमरा खण्डमा पूर्ण रूपमा यातायात ठप्प छ ।

यस्तै निजी तथा सामुदायिक विद्यालयहरूले आज शोक सभा गरेर विद्यालय बन्द गरेका छन् ।विद्यालयहरूले विज्ञप्ति प्रकाशन गरेर तीन बर्षिया बालिकामाथि भएको क्रुर घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । यसैबीच, बारा जिल्ला प्रशासनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने विषयमा आफूहरु सकारात्मक रहेको र छलफलको प्रयास भइरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार