बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड प्रयोग भएकोमा कांग्रेस अनुशासन समितिको ध्यानाकर्षण

इतर समूहको गतिविधिप्रति आपत्ति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड प्रयोग भएकोमा कांग्रेस अनुशासन समितिको ध्यानाकर्षण
ललितपुर, भदौ ५ :

नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा प्रयोग भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले संस्थापन इतर समूहको गतिविधिमाथि आपत्ति जनाउदै सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनाधिकृत रूपमा प्रयोग भएकोका बिषयमा ध्यानाकर्षण भएको जनाएको जनाएको हो । 

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले संस्थापनइतर समूहको कार्यालयमा राखिएको सभापतिको नेमप्लेट तथा पार्टीको लेटरप्याड अनाधिकृत रूपमा प्रयोग गरेको बताए । पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आँच आउने गरी गलत आरोप र शब्दहरू प्रयोग गरिएकोमा समेत अनुशासन समितिले रेकर्ड सङ्कलन गरिरहेको उनले जानकारी दिए । 

संयोजक गुरुङले निर्वाचनका क्रममा भएका अनुशासनहीन गतिविधिहरूका सम्बन्धमा समितिमा हालसम्म प्राप्त ७५४ वटा निवेदन अनुसन्धानको क्रम जारी रहेको बताए । महाधिवेशन प्रक्रिया सुरु भइसकेकाले वडा अधिवेशन सुरु हुनुअगावै यसबारे उचित निर्णय गरिने उनको भनाइ छ । उनले असोज १६ देखि १९ गतेभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अगाडि बढाइएको जानकारी समेत दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार