रुकुम पश्चिम, भदौ ७ :

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी  सडकखण्डमा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ । आइतबार बिहान भे.१ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका-४ बलेटक्चाकाकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका छिन्। आमाछोरी पिसाव फेर्न गाडीबाट ओर्लिएको बेला अर्को गाडीले ठक्कर दिएको थियो ।

गम्भीर घाइते आमाछोरीलाई उपचारको लागि सल्ले अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका– ३ चौखेका २२ वर्षीय अम्मर विकलाई प्रहरीले पक्राउ गरेको छ।