बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
समाचार

बाढीका कारण रसुवा र नुवाकोटमा गरी ७ वटा टावरमा क्षति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
बाढीका कारण रसुवा र नुवाकोटमा गरी ७ वटा टावरमा क्षति
काठमाडौं, भदौ १० :

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।  

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट प्रभावित क्षेत्रका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए ।

नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दाका लागि दुई दिनका लागि अनलिमिटेड भ्याइस सेवा, प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए।

टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउनका लागि एसएमएसमार्फत् जानकारी निरन्तर जानकारी दिइरहेको छ । टेलिकमका अनुसार बाढीका कारण रसुवामा २ र नुवाकोटमा ५ वटा गरी ७ टावरमा क्षति भएको प्रारम्भिक विवरण रहेको छ । मर्मत सम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार