बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

लाङटाङ हाइड्रोपावरका १८ कामदार उद्दारको पर्खाइमा

हेलिकप्टर आउँदा रातो कपडा देखाएर संकेत गरिए पनि उद्धार हुन सकेन ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ भदौ, २०८३ मा प्रकाशित
लाङटाङ हाइड्रोपावरका १८ कामदार उद्दारको पर्खाइमा
रसुवा, भदौ ११ :

रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरुले उद्दार गर्न आग्रह गरेका छन् ।

लाङटाङ खोला किनारमा १८ जना कामदारहरू अलपत्र अवस्थामा रहेको भन्दै उनीहरुले टेलिफोन मार्फत उद्दारको पहल गर्न आग्रह गरेका हुन् । कामदार नरेन्द्र रतोजीले सुरुङ भित्र ४ घण्टासम्म फसेर निकालिएका १ जना कामदार गम्भीर घाइते भएको र टाउको तथा जिउभरी चोटपटक, रक्तस्राव तथा खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको जानकारी दिए ।

हेलिकप्टर आउँदा रातो कपडा देखाएर संकेत गरिए पनि उद्धार हुन नसकेको र अघिल्लो दिन आश्वासन पाए पनि अझै उद्धार टोली नपुगेको उनले बताए । 
तत्कालका लागि आफूहरुसंग खानको व्यवस्था भएकाले छिटो भन्दा छिटो उद्दारका लागि पहल गर्न उनले आग्रह गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार