
रसुवा, भदौ ११ :
रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरुले उद्दार गर्न आग्रह गरेका छन् ।
लाङटाङ खोला किनारमा १८ जना कामदारहरू अलपत्र अवस्थामा रहेको भन्दै उनीहरुले टेलिफोन मार्फत उद्दारको पहल गर्न आग्रह गरेका हुन् । कामदार नरेन्द्र रतोजीले सुरुङ भित्र ४ घण्टासम्म फसेर निकालिएका १ जना कामदार गम्भीर घाइते भएको र टाउको तथा जिउभरी चोटपटक, रक्तस्राव तथा खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको जानकारी दिए ।
हेलिकप्टर आउँदा रातो कपडा देखाएर संकेत गरिए पनि उद्धार हुन नसकेको र अघिल्लो दिन आश्वासन पाए पनि अझै उद्धार टोली नपुगेको उनले बताए ।
तत्कालका लागि आफूहरुसंग खानको व्यवस्था भएकाले छिटो भन्दा छिटो उद्दारका लागि पहल गर्न उनले आग्रह गरे ।