बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

भोटेकोसी बाढी : शव व्यवस्थापनका लागि भारतबाट ६ हजार झोला मगाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढी : शव व्यवस्थापनका लागि भारतबाट ६ हजार झोला मगाइयो
काठमाडौं, भदौ १२ :

भोटेकोसी बाढीमा परेर मृत्यु हुनेको संख्या बढ्दै जाँदा शव व्यवस्थापनका लागि आवश्यक झोलाको समेत अभाव देखिएको छ। शव प्याक गर्न प्रयोग हुने झोला अपुग भएपछि सरकारले भारतबाट ६ हजार थान झोला मगाएको छ।

भोटेकोसी र त्रिशूली नदीले बगाएर ल्याएका शव सुरक्षाकर्मीसहितको उद्धार टोलीले नदी तटीय क्षेत्रबाट संकलन गरिरहेको छ। हालसम्म ४ सय ८९ जनाको मृत्यु भएको जनाइएको छ।

उद्धार टोलीले नुवाकोट, धादिङ, चितवन, गोरखा, नवलपरासी पूर्व, तनहुँ र पश्चिम नवलपरासीका नदी तटीय क्षेत्रमा शव फेला पारेर संकलन गरिरहेको छ।

शव व्यवस्थापनका लागि आवश्यक ब्यागको अभाव भएपछि भारतबाट ६ हजार थान ब्याग मगाइएको हो। ती ब्याग शुक्रबार नेपाल आइपुग्ने जनाइएको छ।

बाढीपछि नदी तटीय क्षेत्रमा भेटिएका अधिकांश शवको अझै सनाखत हुन सकेको छैन। अहिलेसम्म न्यून संख्यामा मात्रै शवको पहिचान भएको बताइएको छ। सनाखत हुन नसकेका शवलाई लामो समयसम्म व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्रमा शव भेटिने क्रम जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार