बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार खेलकुद भिडियो

कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

ढाँटले उपाधिका लागि र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ भदौ, २०८३ मा प्रकाशित
कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
काठमाडौं, भदौ १२ :

नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै ढाँट फाइनलमा पुगेका हुन्।

तीन राउन्डको प्रतिस्पर्धात्मक खेलमा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भएका हुन्। तीनमध्ये दुई निर्णायकले ढाँटको पक्षमा २९–२८ अंक दिएका थिए भने एक निर्णायकले समान २९–२८ अंकसहित मर्डाेकलाई विजेता मानेका थिए। निर्णायकको दुई मत ढाँटको पक्षमा गएपछि उनी विजेता घोषित भएका हुन्।

अब ढाँटले रोड टु यूएफसीको उपाधिका लागि र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।

फाइनल जितेमा ढाँट यूएफसीमा छनोट हुनेछन्। यूएफसीमा प्रवेशका लागि महत्वपूर्ण मानिएको रोड टु यूएफसीको फाइनलमा ढाँटले नेपालका लागि ऐतिहासिक उपलब्धि हात पार्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन्।बझाङका ढाँटलाई नेपाली एमएमए वृत्तमा ‘बझाङको बाघ’का रूपमा समेत चिनिन्छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार