बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ भदौ, २०८३ मा प्रकाशित
बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा
पर्सा, भदौ १४ :

रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सम्पर्कविहीनमध्ये आज बिहानसम्ममा पोखरीया नगरपालिका–५ का ओ जिर अन्सारी र वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ सम्पर्कमा आएका छन् ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी पर्सा जिल्लाका सर्फराज मिया, साहबुदिन मन्सुरी, सर्ताज मिया, समीम मिया, राहुल मिया, उमेशप्रसाद, वीरकिशोर कुमार, रामकरण कुमार, विनयकुमार साह र सञ्जय साह सोनारलगायत ३९ जना बेपत्ता भएका छन् ।

हालसम्म भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेशका विभिन्न जिल्लाबाट आफन्त  सम्पर्कविहीन भएका सूचना आउने थालेपछि प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाको विवरण सङ्कलन गर्दै आएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार