बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

राहत कोषमा जम्मा भएको रकमलाई तत्काल प्रभावित क्षेत्रमा पठाउन अर्थमन्त्रीको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ भदौ, २०८३ मा प्रकाशित
राहत कोषमा जम्मा भएको रकमलाई तत्काल प्रभावित क्षेत्रमा पठाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौं, भदौ १५ :

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई तत्काल प्रभावित पालिकाहरुमा पठाउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

विनाशकारी बाढीपछिको पुनर्निर्माण, आधारभूत आवश्यकताको आपूर्तिलगायतका विषयमा सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा कार्यक्रममा मन्त्री वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई अनावश्यक प्रशासनिक प्रक्रियामा अल्झाएर समय खेर नफाली तत्काल पालिकाहरूमा पठाउन निर्देशन दिएका हुन् । उनले कुल १६ वटा प्रभावित पालिकामध्ये ४ वटालाई अति आवश्यकको प्राथमिकतामा राखेर तत्काल बजेट पठाउन मुख्य सचिवलाई निर्देशन दिए ।

जनताले विश्वास गरेर सरकारको कोषमा पठाएको रकमको पूर्ण सदुपयोग हुनुपर्ने उनको भनाइ छ । उहाले पुनर्निर्माणका लागि २०७२ सालको जस्तै छुट्टै पुनर्निर्माण प्राधिकरण गठन गर्ने वा हाल रहेका निकायहरूबीच कार्यविभाजन गर्ने विषयमा छलफल गरी टुङ्गो लगाउने जानकारी दिए ।

कानुन मन्त्रालयसँग समन्वय गरी विद्यमान कानुनमा संशोधन वा नयाँ ऐनको आवश्यकता भए सोही अनुसार खाका तयार गरिने उनले बताए ।
त्यस्तै उनले ’विपद्पछिको आवश्यकता मूल्याङ्कन’ का आधारमा योजनाहरू सम्बोधन गरिने र जनताका वास्तविक आवश्यकतालाई तत्काल सम्बोधन गर्न सरकार लचिलो रहने धारणा राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार