काठमाडौं, भदौ १६ :

प्रतिनिधिसभाको बैठक भोलि बस्ने भएको छ । सभामुख डोलप्रसाद(डीपी) अर्यालले आज बोलाएको कार्यव्यवस्था परामर्श समितिको  बैठकमा यस्तो सहमति भएको हो । सभामुखको सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बैठक बोलाउने तयारी भएको छ ।

बैठकमा महाविपद्‍बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । बैठकमा सबै दलका नेताहरूले बोल्नेछन् ।गत भदौ १०  गते भोटेकोसी नदीमा बाढीले विनाशकारी बाढीले ठुलो जनधनको क्षति गरेपछि क पीडितहरुको उद्धार तथा राहतका लागि जुट्न भन्दै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । विपद्को यो घडीमा सरकार तथा सांसदहरु पनि राहत तथा  उद्धारमा जुटेका छन् ।