बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

ओली भन्छन्- बाढीपीडितको हातमा राहत पुर्‍याउनु अहिलेको पहिलो प्राथमिकता हुनुपर्छ

सरकारी कोषमा जम्मा गर्दा रकम त्यत्तिकै थन्किने चिन्ता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ भदौ, २०८३ मा प्रकाशित
ओली भन्छन्- बाढीपीडितको हातमा राहत पुर्‍याउनु अहिलेको पहिलो प्राथमिकता हुनुपर्छ
ललितपुर, भदौ १९ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता बाढीपीडितलाई प्रत्यक्ष राहत हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा ओलीले सरकारी कोषमा जम्मा गर्दा रकम त्यत्तिकै थन्किने र पीडितले समयमा नपाउने हुँदा राहत सिधै पीडितको हातमा पु¥याउनुपर्ने बताए ।

 राहत सरकारी कोषलाई नभई पीडित जनतालाई चाहिएकाले पीडितलाई सहयोग गरिसकेपछि अवस्था र हैसियत अनुसार मात्र सरकारी कोषमा दाखिला गर्न सकिने उनले बताए । साथै उनले ‘ग्रीन आर्मी’ भन्ने समूहको अस्तित्वप्रति प्रश्न उठाए ।  गत वर्ष राजनीतिक आन्दोलनका नाममा भएका तोडफोड, लुटपाट, आगजनी र हत्याका घटनाहरूमा उक्त समूह आफ्नो पोशाकमा नदेखिए पनि अन्य रूपमा संलग्न थियो कि भन्नेबारे नेपाली जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने उनले बताए । 

उनले नेपालले वातावरणीय विनाश नगरेको भए तापनि त्यसको मार र क्षति भोग्नुपरेकाले संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूबाट विकसित देशहरूसँग दृढतापूर्वक क्षतिपूर्ति माग गर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार