बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

पार्टी मिलाउन दुवै पक्षले आ-आफ्ना महाधिवेशन स्थगन गर्नुपर्छ : नेता लेखक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ भदौ, २०८३ मा प्रकाशित
पार्टी मिलाउन दुवै पक्षले आ-आफ्ना महाधिवेशन स्थगन गर्नुपर्छ : नेता लेखक
काठमाडौं, भदौ २१ :

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन गर्न सर्वोच्च अदालतमा रहेको मुद्दाको निर्णय पर्खिनुपर्ने बताएका छन् । पार्टी मिलाउन दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस भीमदत्तनगर कार्यसमितिले आज महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता लेखकले भने, “पार्टी मिलाउने हो भने दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गरौँ र पार्टी मिलाउने बैठकमा छलफल गरौँ ।”

नेता लेखकले १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले पार्टीमा विवाद सिर्जना भई समस्या सुरु भएको बताए । “महाधिवेशन नरोक्ने, अरु अरु कुरा गरेर कसरी मिल्छ”, उनले प्रशन गरे । दुवै पक्षले एकापसमा छलफल गरेर पार्टी विभाजन रोक्नुपर्ने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा नेता लेखकले रसुवा बाढीका कारण सिँगो मुलुकले क्षति व्यहोर्नुपरेको बताउँदै विपद्को सामनाका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार