बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ भदौ, २०८३ मा प्रकाशित
सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता
काठमाडौं, भदौ २२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोन वार्ता भएको छ ।

टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै नेपाली जनता तथा सरकारप्रति ऐक्यबद्धता जनाएको रास्वपाले जनाएको छ । सभापति लामिछानेले सो अवसरमा नेपाल सरकारको जारी खोजी, उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताएका थिए । साथै उनले विदेशमन्त्री रुबियोलाई हालै यहाँ आएको बाढीबाट प्रभावित विदेशी नागरिकहरूको सुरक्षा तथा संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाएका थिए ।

सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेका थिए । यसैबीच विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको रास्वपाले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार