बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
खेलकुद क्रिकेट

समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ भदौ, २०८३ मा प्रकाशित
समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित
काठमाडौं, भदौ २३ :

मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ ।

जितको लागि हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव १ ओभरमा सवै विकेट गुमाउदै २४६ रनमा समेटियो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए । उनले १०६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ९० रनको योगदान गरेका हुन । त्यसैगरी आसिफ शेखले ४४, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए ।

बलिङतर्फ हङकङका लागि एइजाज खानले ४ विकेट लिए । त्यस्तै  यासिम मुर्तजाले २ विकेट लिँदा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनाएको थियो । उसका लागि बाबर हायातले १२७ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ११७ रनको योगदान दिएका हुन । त्यस्तै एहसान ३५ रनमा अविजित रहँदा शाहिद वासिफले ४५ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए । जितसँगै हङकङ प्रतियोतिगाको सेमिफाइनलमा पुगेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार