बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

माइतीघरमा आत्मदाहको प्रयास गरेकी महिलाको वीर अस्पतालमा उपचार हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ भदौ, २०८३ मा प्रकाशित
माइतीघरमा आत्मदाहको प्रयास गरेकी महिलाको वीर अस्पतालमा उपचार हुँदै
काठमाडौं, भदौ २३ :

काठमाडौँको माइतीघरमा मंगलबार साँझ आत्मदाहको प्रयास गरेकी एक महिलालाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको छ। 

आफैलाई आगो लगाएर घाइते भएकी ती युवतीको वीर अस्पतालमा उपचार भइरहेको छ । जेनजी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन भइरहँदा गोरखा घर भई काठमाडौँ बस्ने ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले भने आफैंमा आगो लगाएको प्रहरीले जनाएको छ।

उनले कार्यक्रम भइरहँदा साँझ साढे ६ बजेतिर प्रज्वलनशील वस्तु खन्याएर आफैलाई आगो लगाएकी थिइन्। ती युवती आगो लगाउनुको कारण खुल्न नसकेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।

यसैबीच,ग्यास नपाएको भन्दै धोवी खोलामा हामफालेका एक पुरुषलाई प्रहरीले र स्थानीयवासीले उद्धार गरेको छ । आज दिउँसो ती व्यक्तिको उद्धार भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार