बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

शासकीय अहङ्कार नदेखाउन सरकारका मन्त्रीहरुलाई पुनको चेतावनी

संविधान र कानुनको परिधिभित्र बस्न सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ भदौ, २०८३ मा प्रकाशित
शासकीय अहङ्कार नदेखाउन सरकारका मन्त्रीहरुलाई पुनको चेतावनी
काठमाडौं, भदौ २४ :

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन सरकारका मन्त्रीहरुलाई सुझाव दिएका छन् ।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले मन्त्रीहरूले “खुट्टा भाँचिदिने“ वा “गोली हान्ने“ जस्ता गैरजिम्मेवार धम्की दिन नमिल्ने भन्दै संविधान र कानुनको परिधिभित्र बस्न सुझाव दिए । 

उनले मंगलबार जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा गृहमन्त्रीलाई जनताले जेन्जीमार्फत हुटिङ र कालोझण्डा देखाइसकेको भन्दै शासकीय अहङ्कार देखाए जनताले अझ कडा प्रतिवाद गर्ने उल्लेख गरिन् । प्रधानमन्त्री, गृहमन्त्री र सरकार संवाद गर्न नचाहेको र ‘एक्लै संसार बोकेर हिँड्ने’ अहङ्कारी शैली देखाएको उनको भनाइ छ । पुराना दलहरूलाई जनताले दण्डित गरिसकेको र अहिले सडकमा रहेको स्वीकार्दै नेता पुनले आफूहरू सच्चिएर र समीक्षा गरेर फेरि जनताको भावनाअनुसार अघि बढ्ने बताए ।

उनले गत बर्ष युवाहरूमाथि गोली प्रहार, दमन भएको तथा त्यसपछि जनताको आक्रोश र प्रतिवाद स्वाभाविक रूपमा उर्लिएको उल्लेख गरे । जेनजी आन्दोलनमा भू–राजनीतिक स्वार्थ, घुसपैठ, हिंसा, तोडफोड र आगजनी मिसिएको भन्दै जोसुकै संलग्न भए पनि २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन गरी कडा कारबाही हुनुपर्ने उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार