बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
समाचार प्रदेश कर्णाली प्रदेश शिक्षा

कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ भदौ, २०८३ मा प्रकाशित
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त
काठमाडौं, भदौ २४ :

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात जना पदाधिकारी नियुक्त भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा विनम्र विष्ट नियुक्त भएका हुन् ।

त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्षमा डा रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा ममता भट्टराई कोइराला र डिनमा डा विकासविक्रम सिंह अधिकारी नियुक्त भएका छन् ।

नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी इमानदारी, पारदर्शिता र सेवामुखी भावनाका साथ निर्वाह गर्न आग्रह गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार