बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
खेलकुद क्रिकेट

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश, ओमान ८७ रनले पराजित

नेपालले अब यूएईसँग फाइनल खेल्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ भदौ, २०८३ मा प्रकाशित
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश, ओमान ८७ रनले पराजित
काठमाडौं, भदौ २५ :

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार मलेसियाको क्वालालुम्पुरस्थित बायुमास ओभलमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भएको थियो । १४८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा आएको ओमानका ब्याटरहरू नेपाली बलरसामु खुलेर खेल्न सकेनन् ।ओमान २८.१ ओभरमै ६० रन बनाउँदै अलआउट भयो ।  

नेपालका तर्फबाट दीपेन्द्रले ५१ रन जोडे भने बसिरले ४७ रन बनाए ।  गुलशन झा ७, करण केसी ५, कप्तान सन्दीप लामिछाने ३ र शेर मल्ल शून्यमा आउट भए । ओमानका जय ओडेडरा र हसनाइन साहले ३–३ विकेट लिए ।

ओमानका लागि जतिन्दर सिंहले २५ रन बनाए । जितेन रामानन्दीले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । अब नेपालले यूएईसँग फाइनल खेल्नेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार