बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

महानगरका तत्कालीन इन्जिनियरसहित चारजना विरुद्ध मुद्दा दायर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ भदौ, २०८३ मा प्रकाशित
महानगरका तत्कालीन इन्जिनियरसहित चारजना विरुद्ध मुद्दा दायर
काठमाडौं, भदौ २६ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, रुपान्तरण गर्ने, स्वामित्व परिवर्तन गर्नेलगायत सम्पत्ति शुद्धीकरण गरेको भन्दै काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले महानगरका तत्कालीन इन्जिनियर प्रतिवादी महतो कोइरी, उनको पत्नी मालाकुमारी महतो, रीना कुशवाहा र कुशवाहाको पति कृष्णप्रसाद मेहतासहितलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरणअनुसार मुद्दा दायर गरिएको हो । आयोगले महतोमाथि चार करोड ४८ लाख ८९ हजार ८४१ बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार