बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

भोटेकोसी बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

रोजगारीको पनि व्यवस्था गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने
काठमाडौं, भदौ २७ :

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भक्तपुरका सञ्चारकर्मीहरूसँग आज सूर्यविनायकमा छलफलका क्रममा उाले घरबास गुमाएकाहरूको लागि प्रदेश सरकारले बस्ती निर्माण गरेर पुर्नवासको व्यवस्था गर्ने बताए ।
 
उाले भने, “रसुवामा आएको बाढीले बगाएको भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैन किनकी भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण छ, त्यसैले बागमती प्रदेश सरकारले घरबास गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ बस्ती विकास गर्ने तयारी गरेको छ ।”

उनले त्यस्ता नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको बताउँदै नुवाकोटका पीडितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने भएको र रसुवाका लागि जग्गा खोजी रहेको बताए ।

मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएको बताउँदै तत्कालीन राहतसँगै प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनस्र्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताए ।

मुख्यमन्त्री थापाले भने, “भोटेकोशीमा गएको बाढीका प्रभावितलाई उद्योग वाणिज्य महासङ्घ तथा उद्योगीहरूसँगको सहकार्यमा रोजगारीको व्यवस्था गर्ने भएका छौँ । त्यसका लागि हामीले पहल र छलफल सुरु गरिसकेको छौँ । त्यसैगरी प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा, आवासको जिम्मेवारी लिने प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढाएका र्छौं ।”

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार