बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति भिडियो

प्रधानमन्त्रीमाथि ओलीको गम्भीर आरोप, ‘अत्याचारी शासक’ भन्दै प्रतिगामी कदम नटिक्ने दाबी

लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ भदौ, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीमाथि ओलीको गम्भीर आरोप, ‘अत्याचारी शासक’ भन्दै प्रतिगामी कदम नटिक्ने दाबी
काठमाडौं, भदौ २८ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन् ।

नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले आफू व्यक्तिगत रुपमा विगत ६० वर्ष देखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको र जनताका हक अधिकारलाई लिएर लडाईंको मैदानमा उभिइरहेको वताए । उनले स्वतन्त्रताको पक्षमा उभिएकाहरुलाई अहिलेका शासकहरूले पनि बुझ्नुपर्ने भन्दै ‘अरु अप्ठेरोमा पर्दा रमाउँछ, त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, त्यस्ता शासकहरूको नाश हुने वताए । 

कार्यदलले सञ्चारमाध्यमलाई दिइदै आएको लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण भोग्नुपरेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए । उनले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने वताए । अहिलेको सरकार छापामार नभइ ‘छापा–मार’ सरकार जस्तो देखिएको कारण सञ्चारमाध्यमलाई अप्ठ्यारो परेको वताए ।

उनले आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाइँ लड्दै आएको बताउँदै ओलीले छापा माध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पारे । उनले छापा माध्यम ऐतिहासिक र तथ्यपूर्ण दस्ताबेज भएकाले डिजिटल युगमा पनि यसको महत्त्व कहिल्यै नघट्ने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार