
काठमाडौं, असोज ४ :
जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन् ।
कुमिते विधाको ६८ केजीमाथिको प्रतिस्पर्धामा एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २-१ ले पराजित भएकी हुन् ।
गत संस्करणको एसियन गेम्समा एरिकाले नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् ।