प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन गरेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उनले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।
एनपीएलको उद्घाटन खेल आज साँझ ५ बजेदेखि सुरु भएको छ । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल भइरहेको छ । प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।