जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रूपेश खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादवलाई आफूविरुद्ध लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप प्रमाणित गर्न नसके कानुनी उपचारमा जाने चेतावनीसमेत उनले दिएका छन्।
सोमबार आयोजित एक कार्यक्रममा यादवले एसपी खड्कालाई भ्रष्टाचारी, घुसखोरी र दलालको आरोप लगाएका थिए। त्यसप्रति आपत्ति जनाउँदै खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा आफू र प्रहरी संगठनको प्रतिष्ठामा आँच पुर्याउने गरी भ्रामक तथा तथ्यहीन आरोप लगाइएको उल्लेख गरेका छन्।
विज्ञप्तिअनुसार यादवले परिवारकी एक महिला सदस्य हराएको भन्दै भदौ १७ गते प्रहरीमा निवेदन दिएका थिए। तर, अनुसन्धानका क्रममा ती महिलाको विवाहको नाता कायम भइसकेको र उनी भदौ १४ गते आफ्ना पतिसँग गएको खुलेको खड्काको भनाइ छ।
महिला र उनका पतिलाई पक्राउ गरी छुटाइदिन दबाब दिएको तथा माग पूरा नभए प्रहरी कार्यालय घेराउ गर्ने धम्की दिएको पनि विज्ञप्तिमा उल्लेख छ। गैरकानुनी काम गर्न अस्वीकार गरेपछि प्रतिशोधस्वरूप आफूविरुद्ध आरोप लगाइएको खड्काको दाबी छ। उनले तथ्य र प्रमाणबिना व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न पनि आग्रह गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाद्वारा करिब डेढ करोड सहयोग
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता
लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ : महामन्त्री पौडेल