शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

गोकर्णेश्वरमा डलर ठगी तथा लुटपाटमा संलग्न एकजनालाई गोली हानेर नियन्त्रणमा

पक्राउ गर्ने क्रममा सुजन तामाङले प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरेपछि हवाई फायर र घुडामुनि गोली प्रहार गरिएको थियो ।
सक्रिय न्युज · ३९ मिनेट अगाडि प्रकाशित
गोकर्णेश्वरमा डलर ठगी तथा लुटपाटमा संलग्न एकजनालाई गोली हानेर नियन्त्रणमा
काठमाडौं, कात्तिक १९ :

प्रहरीले डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई गोली प्रहार गरी पक्राउ गरेको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चामा प्रहरीले दुई राउन्ड गोली प्रहार गरी सिन्धुपाल्चोक बाह्रबिसेका सुजन तामाङलाई आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार पक्राउ गर्ने क्रममा तामाङले प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरेपछि हवाई फायर र घुडामुनि गोली प्रहार गरिएको थियो ।

डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपर्ने अवस्था सृजना भएको एसएसपी घिमिरेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार