शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार स्वास्थ्य

सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

सक्रिय न्युज · १४ मिनेट अगाडि प्रकाशित
सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन
काठमाडौं, कात्तिक २१ :

सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे सहमति भएको छ ।

सहमतिसँगै गएराति डा केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरे ।

पटक पटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा केसीसँग सहमति गरी अनशन तोडाएका हुन् ।

डा केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा केसीको अन्तिम अनशन रहेको बताए । उनले भने, “यो डा केसीको अन्तिम अनशन हो । उनीसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छन् ।”

डा केसी र सरकारबीच भएको सहमतिमा डा केसी, मन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा डा जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा बद्री रिजालले हस्ताक्षर गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार