आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश कर्णाली प्रदेश

दैलेखमा धारिलो हतियार प्रहारबाट एकै परिवारका चारजना घाइते, एकको अवस्था गम्भीर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १४ मिनेट अगाडि प्रकाशित
दैलेखमा धारिलो हतियार प्रहारबाट एकै परिवारका चारजना घाइते, एकको अवस्था गम्भीर
दैलेख, कात्तिक २२ :

दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा धारिलो हतियार प्रहारबाट एकै परिवारका चार महिला घाइते भएका छन्। आइतबार बिहान घरमै पुगेर एक व्यक्तिले हतियार प्रहार गर्दा उनीहरू घाइते भएका हुन्।

प्रहरीका अनुसार करिब ३७ वर्षीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको परिवारका सदस्यहरूमाथि धारिलो हतियार प्रहार गरेका थिए। घाइते हुनेमा चन्द्रबहादुरकी श्रीमती ४५ वर्षीया बीमा मगर, भाइबुहारी २५ वर्षीया महेसरा पुन तथा छोरीहरू २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन रहेका छन्। घाइतेमध्ये बीमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते चारै जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकी पुर्‍याइएको थियो। गम्भीर घाइते बीमालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ भने अन्य घाइतेलाई पनि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रावतलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार