महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले आज विशेष कविगोष्ठी आयोजना गरेको छ ।
नेपाली साहित्यमा देवकोटाले पु¥याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाकै दिन नेपाल, भारतका विभिन्न भूभाग र नेपाली भाषीहरूको बाहुल्य रहेका क्षेत्रहरूमा देवकोटा जन्मजयन्ती मनाउने गरिन्छ ।
जन्मजयन्तीका अवसरमा काठमाडौंको सञ्चारग्राममा रहेको देवकोटाको शालिकमा माल्यार्पण गरिएको छ । विसं १९६६ साल कात्तिक औँसीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीका साइँला छोराका रूपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सफल सुरुवात गरेका थिए ।
विशेष कविगोष्ठीमा वियोगी बुढाथोकी, विष्णुबहादुर सिंह, शङ्कर भारती, सोझो गाउँले, प्रकाश तिवारी, प्रकाश घायल, माधव बिडारी, चेतन पथ, जीत कार्की, रामेश्वर केसी, तुलसीराम पुडासैनी, रविन्द्र आशिष, एचके धिताल, नरबहादुर बुढाथोकी, डा शान्तिमाया गिरी, सुमन थापा, तारा सुवेदी, रुपा रिसाल, शोभा अधिकारी, श्यामबहादुर भावुक, बासुदेव गुरागाईं, नवराज तिवारी, अरुण नदी, श्याम संकल्प र बिसुकुमार केसीलगायत कविहरूले गीत, गजल, कविता तथा मुक्तक वाचन गरेका थिए । कार्यक्रममा महाकवि देवाकोटाको विराट् प्रतिभा र योगदानको चर्चा गरिएको थियो । महाकवि देवकोटाका ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्य र ‘भिखारी’ कवितासङ्ग्रह नेपाली साहित्यका युगान्तकारी कृति मानिन्छन्।