बुधबार, २५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

सोनी पाख्रिनको कप्तानी यू–१९ टोलीको घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५ घण्टा अगाडि प्रकाशित
सोनी पाख्रिनको कप्तानी यू–१९ टोलीको घोषणा
काठमाडौं, कात्तिक २४ :

भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान सोनिसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, आस्ना चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा रहेका छन् ।

नेपाली टोलीले आउँदो वर्ष आयोजना हुने विश्वकपको तयारीका लागि भारत भ्रमण गर्न लागेको हो । विश्वकपकै तयारीस्वरूप नेपाली टोलीले हालै चीन भ्रमण पनि गरेको थियो । उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार