बुधबार, २५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधिप्रति गृहमन्त्रीको चासो

कहीँकतै यस्ता गतिविधि देखिएमा १०० मा खबर गर्न सर्वसाधारणलाई अनुरोध
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५ घण्टा अगाडि प्रकाशित
देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधिप्रति गृहमन्त्रीको चासो
काठमाडौं, कात्तिक २४ :

गृह मन्त्रालयले चाडपर्वको नाममा मौलिक संस्कृति, परम्परा र सामाजिक मर्यादाविपरीत हुने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विशेषगरी तिहारका अवसरमा खेलिने देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील, अमर्यादित तथा विकृत प्रकृतिका गतिविधि हुने गरेको भन्दै मन्त्रालयले त्यस्ता क्रियाकलाप नियन्त्रण गर्ने चेतावनी दिएको छ।

गृहमन्त्री सुधन गुरुङले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाली मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच पुग्ने गरी देउसी–भैलो मनाउने गतिविधि स्वीकार्य नहुने बताएका छन्।

उनले चाडपर्वको नाममा हुने अश्लील तथा विकृत गतिविधिलाई कानुनबमोजिम निर्ममतापूर्वक नियन्त्रण गरिने स्पष्ट पारेका छन्। नेपाली समाजको मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले सांस्कृतिक मूल्य–मान्यताविपरीतका गतिविधिप्रति सरकार गम्भीर रहेको बताए।

मन्त्रालयले यस्ता गतिविधि कहीँकतै देखिएमा तत्काल प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचान र सामूहिक सद्भावसँग जोडिएको परम्परालाई मर्यादित, सभ्य र सांस्कृतिक मूल्यमान्यताअनुरूप मनाउनुपर्नेमा जोड दिइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार