काठमाण्डौँ , कात्तिक १७ :

देशभर पश्चिमी वायुको तथा पहाडी भू- भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । 

हाल देशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागहरूमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको छ । 

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू- भागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भू‍- भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ

त्यस्तै, आज राती देशको पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।