
काठमाण्डौँ , कात्तिक ३० :
आज विश्व मधुमेह दिवस, ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ ।
मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी वा सुगर रोग पनि भन्ने गरिएको छ । दिवसको सन्दर्भमा विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्दैछन् ।
पछिल्लो समय नेपालमा मधुमेहको समस्या बढ्दै गएको छ । बालबालिका, युवा र ज्येष्ठ नागरिक सबै उमेर समूह यसको जोखिममा रहेका छन् ।