काठमाण्डौँ , मंसिर १३ :

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  छ ।

जल तथा मौसम विज्ञान विभागले पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।

हाल तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ । काठमाण्डौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो रहेको विभागले जनाएको छ । 

आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो भने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ ।

विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ । 

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  

कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भागका एक- दुई स्थानमा हल्का वर्षाको साथै कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।