काठमाण्डौँ , मंसिर २९ :
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गर्नुभएको छ ।
बूढानीलकण्ठ नगरपालिकाको वडा नं १, २ र ७ नं वडाको प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदानको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताउनुभएको हो ।
“केही मान्छेको स्वार्थका कारण देश बन्न सक्दैन । देश अघि बढ्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ । हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ ।
नेपालको परिचय राखेकोमा म खेलाडीलाई धन्यवाद दिन चाहन्छु । हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ । त्यसमा सरकारको सक्दो साथ रहनेछ ।”
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान