
काठमाडौँ, पुस ३ :
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकमा धारणा राख्ने र जवाफ दिने क्रम सकिए पनि नेताहरूको कार्यविभाजनको काम बाँकी छ ।
आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो । हिजोको बैठकले नेकपा एसको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित गरेको थियो ।
आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे निर्णय सार्वजनिक गर्ने भुसालले बताउनुभयो ।