
काठमाण्डौँ , पुस ५ :
आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने जनाइएको छ ।
मन्त्रिपरिषद् बैठकका एजेन्डा के के छन् भन्नेबारे खुलाइएको छैन् । यो नियमित बैठक हो ।