काठमाण्डौँ , पुस ७ :

सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायर समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
 
राष्ट्रपति भवनमा गत बुधबार आयोजित समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ । 

प्रमाणपत्र पेस गरे पश्चात राष्ट्रपतिसँग भएको छोटो भेटघाट र कुराकानीका क्रममा राजदूत डा रूपाखेतीले नेपालको वर्तमान राजनीतिक घटनाक्रम, भूराजनीति र नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउनुभएको थियो । 

त्यस अवसरमा जर्मनीका राष्ट्रपति स्टेनमायरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जर्मनीमा यसैवर्ष भएको भेटको सन्दर्भ र दुई देशबीचको वर्तमान सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।