काठमाण्डौं, पुस ८ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुने भएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दर्ता गराउन लागेको हो ।

सहकारी ठगी,सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता हुनेछ ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रवार जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको गरिसकेको छ ।  

शुक्रवार  मुद्दा दर्ता भएकाहरू भने सबै प्रतिवादीहरू फरार रहेका छन् ।