
नयाँ दिल्ली, पुस ८ :
परराष्ट्र मन्त्री आरजु राणा देउवा नयाँ दिल्लीबाट भोलि स्वदेश फर्किनुहुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणबाट फर्किएलगत्तै राणा नेदरल्याण्ड्सको हेग जानुभएको थियो। त्यहाँ उहाँ जलवायु परिवर्तन सम्बन्धी राष्ट्रहरूको दायित्वबारे कार्यक्रममा सहभागी भएर सिधै नयाँ दिल्ली जानुभएको थियो ।
दिल्लीमा उहाँले शुक्रबार नेपाल- भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै भारतका निजी क्षेत्र र व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
अपोलो अस्पतालमा नियमित स्वास्थ्य जाँच गरेकाले आजसम्म रिपोर्टका लागि कुर्नुपर्ने भएकाले उहाँ भोलि मात्र फर्किनुहुने भएको हो ।
नयाँ दिल्ली गएका बेला डा. राणाको हाइपर प्याराथाइरोडिज्मको शल्यक्रिया गरिएको जनाइएको छ।