काठमाण्डौँ , पुस ९ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य- सचिवमा पार्टीका केन्द्रीय सदस्य सुरेश आचार्य (सुनसरी) र सदस्यमा पार्टीका केन्द्रीय सदस्यद्वय हिक्मतजङ्ग कार्की (स्याङ्जा) र स्वाती थापा (रूपन्देही) लाई मनोनयन गर्नुभएको छ ।
पार्टीले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन पार्टी अध्यक्ष लिङ्देनको संयोजकत्वमा मूल समारोह समिति गठन पनि गरेको छ ।
यसैबीच, पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी माघ ११ र १२ गते काठमाण्डौँ केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठकमा पार्टी सङ्गठन तथा भावी योजनाबारे छलफल हुने पार्टीका नेता राजाराम श्रेष्ठले बताउनुभयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान