काठमाण्डौँ , पुस ९ :

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्किनुहुने भएको छ ।

उहाँ गत शुक्रबार भारतको नयाँ दिल्ली पुग्नुभएको थियो । युरोपबाटै त्यहाँ पुग्नुभएकी उहाँले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँ आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार डा. राणाले भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गर्नुभएको थियो । 

उहाँले भारतीय व्यवसायीहरूलाई नेपालको विभिन्न विकासमा लगानीका लागि आव्हान गर्नुभएको थियो ।